Harsamaya
संखुवासभामा भरुवा बन्दुकसहित एक जना पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

संखुवासभा - संखुवासभाको मादी नगरपालिका–४ पुरानो गाउँबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

बिना इजाजत भरुवा बन्दुक लुकाइराखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले मादी नगरपालिका–४ पुरानो गाउँका कुलबहादुर जिमीको घरमा रीतपूर्वक खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरमा लुकाइछिपाइ राखेको अवस्थामा तीन थान भरुवा बन्दुक फेला पारी प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

बन्दुक बरामद भएपछि प्रहरीले जिमीलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  १६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update