Harsamaya
डिजिटल हाजिरीजवाफ प्रतियोगितामा कमलादेवी मावि प्रथम
ग्राफिक्स : हर समय/Har Samaya

सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिकाले आयोजना गरेको मावि स्तरीय डिजिटल हाजिरीजवाफ प्रतियोगितामा श्री कमलादेवी माध्यमिक विद्यालय प्रथम भएको छ।

गाउँपालिकाको कार्यालय, नवलपुरमा भएको हाजिरी जवाफमा इन्द्रावती गाउँपालिका–६ मा रहेको कमलादेवी माविले प्रथम हुँदै ९ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, वडा नं. ४ मा रहेको नवलपुर माध्यमिक विद्यालय द्वितीय हुँदै ७ हजार तथा वडा नं. ७ मा रहेको राजेश्वरी माध्यमिक विद्यालय तृतीय हुँदै  ६ हजार नगद पुरस्कार प्राप्त गरेका छन्। 

दुवै विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्राप्त गरेका छन्।

प्रतियोगितामा इन्द्रावती गाउँपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । गाउँपालिकाका शिक्षा अधिकृत मीन धामीका अनुसार विद्यार्थीमा ज्ञान, क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

विजेता विद्यालयलाई गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए। प्रतियोगिता गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न भएको हो।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update