Harsamaya
मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन
मधेश प्रदेश सरकार ।

जनकपुर - जनमत नेतृत्वको मधेश प्रदेश सरकारले २ जना मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गरेको छ ।

मुख्यमन्त्री सतीश कुमार सिंहको नेतृत्वमा गठन गरिएको सरकारमा सहभागी जनमत पार्टीकै वन तथा वातावरण मन्त्री त्रिभुवन साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलीलाई फिर्ता बोलाइएको छ ।

बिहीबार अबेर साँझ गरेको पुनर्गठनमा सञ्जय कुमार यादवलाई वन तथा वातावरण मन्त्रालय र वसन्त कुशवाहालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरूलाई अबेर साँझ नै सपथ ग्रहण गराइएको छ । सपथग्रहण गरे लगतै दुवै जना मन्त्रीले आ–आफ्नो मन्त्रालयमा कार्यभार ग्रहण गरेका छन् ।

बजेट ल्याउन १७ दिनमात्र बाँकी रहँदा मन्त्री फेर बदल गरेकोले मधेश प्रदेश सरकारप्रति सामाजिक सञ्जालहरूमा नकारात्मक टिप्पिन हुन लागेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update