दाहसंस्कार गर्न लागिएको शव प्रहरीद्वारा बरामद

काठमाडौं - सङ्खुवासभाबाट प्रहरीले दाहसंस्कारको तयारी भइरहेको शव बरामद गरेको छ । भोटेखोला गाउँपालिका–४ स्थित सिप्प्रङकी ६ वर्षीया बालिका युनिकाको शव बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सङ्खुवासभाका डीएसपी दक्ष बस्नेतले जानकारी दिए । मृतक गोपाल तामाङकी छोरी हुन् ।
जेठाजु र बुहारीको बीचमा झगडा हुँदा बालिकालाई डिलबाट धकेल्दा चोट लागेर मृत्यु भएको आशंका गरिएको छ । घाइते बालिकाको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।
बालिकालाई डिलबाट धकेल्ने अनिका गुरुङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२ १२:०४
प्रतिक्रिया दिनुहोस्