Harsamaya
लुम्बिनी प्रदेश सभाको बैठक  बस्दै
लुम्बिनी प्रदेश सभा ।

 लुम्बिनी - लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम मुख्यमन्त्री चेतनारायण आचार्यले सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।प्रस्तावलाई सभामुख तुलाराम घर्ती मगरले निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

गत जेठ ५ गते प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो भने अब केही दिन नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ०८:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update