एमाले युवा संघका केन्द्रीय सदस्य सूर्य खड्का कांग्रेसमा प्रवेश
सिन्धुपाल्चोक - नेकपा एमाले युवा संघका केन्द्रीय सदस्य एवं बलेफी गाउँपालिकाका पार्टी सचिव सूर्य खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बलेफी गाउँपालिका–१, जलविरेका युवा व्यवसायी खड्कालाई नेपाली कांग्रेस सिन्धुपाल्चोकका संयोजक लालकाजी तामाङको समन्वयमा कांग्रेसमा प्रवेश गराइएको हो ।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत र महासमिति सदस्य रामकुमार थापाले खड्कालाई पार्टीमा स्वागत गरेका छन् ।
कांग्रेस सिन्धुपाल्चोकका संयोजक तामाङले खड्काको अनुभव, ऊर्जा र सक्रियताले पार्टी सङ्गठन निर्माण तथा समाजप्रतिको जिम्मेवारीमा योगदान पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।
खड्काले एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेसँगै सिन्धुपाल्चोकको बलेफी क्षेत्रमा पार्टी परिवर्तनको विषय चर्चामा आएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २५, २०८३ १३:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

