Harsamaya
सिन्धुपाल्चोक - २ बाट कांग्रेसका ३५ महाधिवेशन प्रतिनिधिमा को-को चुनिए ?

सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट ३५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला निर्वाचन समितिले असोज २३ गते साँझ ७ बजे सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार विभिन्न समूह र समावेशी क्लस्टरबाट ३५ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।

खुलातर्फ विकास तामाङ, राजेन्द्रबहादुर गोर्खाली (राजु), भरत खड्का, तेजबहादुर बानियाँ, निराजन चौलागाईं, फणिन्द्र दाहाल, विदुर घोरासैनी, रामप्रसाद न्यौपाने, योगेन्द्रराज सिग्देल, गणेश खड्का र भरतप्रसाद कोइराला चयन भएका छन् । खुला महिलातर्फ अनिता तामाङ, इन्दिरा खतिवडा र शुभद्रा गजुरेल सर्वसम्मत चयन भएका छन् ।

४० वर्षमुनिको पुरुष (युवा) तर्फ दिनेश गिरी र ४० वर्षमुनिको महिला (युवा) तर्फ कोशिला गिरी चयन भएका छन् । त्यस्तै, १८ देखि २८ वर्ष उमेर समूहको नवयुवा पुरुषतर्फ सुसान गिरी र नवयुवा महिलातर्फ अनुराधा गुरुङ सर्वसम्मत भएका छन् ।

आदिवासी जनजातितर्फ श्री लामा, कोमल दास श्रेष्ठ, राजेश स्याट्वी र हरिमान श्रेष्ठ चयन भएका छन् । अपाङ्गता समूहबाट दीपकप्रसाद अर्याल तथा विषय विज्ञ समूहबाट रामचन्द्र दुलाल महाधिवेशन प्रतिनिधि बनेका छन् । श्रमिक समूहबाट युनिक तामाङ चयन भएका छन् । सेनानी तथा जनआन्दोलनका घाइते, द्वन्द्वपीडित र सहिद परिवार समूहबाट विश्वराम श्रेष्ठ र प्रेमकुमार दंगाल सर्वसम्मत चयन भएका छन् ।

समावेशी तथा समानुपातिक खसआर्यतर्फ परमात्मा नेपाल, शंकर कार्की, मदनराज गिरी र कुमार बस्नेत चयन भएका छन् । समावेशी तथा समानुपातिक समूहबाट नेत्र तामाङ, तोकबहादुर तामाङ र शेरप दोर्जे सर्वसम्मत भएका छन् । समावेशी तथा समानुपातिक अल्पसंख्यक समूहबाट चिरञ्जीवी धिमाल चयन भएका छन् ।

यससँगै सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनमा सहभागी हुने ३५ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  १९:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update