Harsamaya
कांग्रेस सिन्धुपाल्चोक–२ मा महाधिवेशन प्रतिनिधिको टुंगो, वंशलालदेखि यास्मिनसम्म कसले कति मत पाए ?
वंशलाल तामाङ र यास्मिन ढुंगाना ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । विभिन्न समूह र क्लस्टरबाट ३४ जना प्रतिनिधि चयन भएका छन् ।

निर्वाचनको खुला क्लस्टरतर्फ वंशलाल तामाङले सर्वाधिक ८११ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् । यही समूहमा आइतमान तामाङले ६९०, विष्णु विक्रम थापाले ५२९, बिलबहादुर तामाङले ५२०, अनिलकुमार तामाङले ४९१, सागरकुमार श्रेष्ठले ४५५, निमा लामाले ४३७, अनुप न्यौपानेले ४०९, सुनिलकुमार तामाङले ३९३ र टंकबहादुर कार्कीले ३५७ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि बनेका छन् ।

महिला क्लस्टरतर्फ यास्मिन ढुंगाना सबैभन्दा बढी मत ल्याउने उम्मेदवार बनेकी छन् । उनले ६५२ मत प्राप्त गर्दा रमिला तिमिल्सिनाले ४६८, सजिना श्रेष्ठले ४०२ र राधिका पौडेलले ३७० मत प्राप्त गरेका छन् ।

त्यस्तै, समानुपातिक जनजाति महिला क्लस्टरतर्फ जमुना माझीले ५९१, सबिता गुरुङले ५७६ र सानुमाया हिमालयले ३८३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

समानुपातिक जनजाति खुलातर्फ श्यामबहादुर तामाङ ४२७, केशव श्रेष्ठ ४०३ र दुर्गाबहादुर तामाङ ३८८ मतसहित निर्वाचित भएका छन् । समानुपातिक खस–आर्य खुलातर्फ राजु रायमाझीले ४०६ र रमेशराज भण्डारीले ३४० मत प्राप्त गरेका छन् ।

युवा खुलातर्फ दिपेशराज खनाल ५३५ मत र प्रविणकुमार कार्की ३७१ मतसहित निर्वाचित भएका छन् । युवा महिलातर्फ पूर्णी तामाङले ४४७ मत प्राप्त गरेकी छन् ।

अल्पसंख्यक क्लस्टरतर्फ छिरिङ लामा ह्योल्मोले ५११ मत प्राप्त गरेका छन् । अपाङ्गता क्लस्टरतर्फ शिवहरी नेपाल वैरागी ५०५ मतसहित प्रतिनिधि चयन भएका छन् ।

दलिततर्फ सुवास विश्वकर्माले ३८७ मत प्राप्त गरी निर्वाचित भएका छन् भने श्रमिक क्लस्टरतर्फ ईश्वरी न्यौपानेले ३५४ मत पाएका छन् । पेशागत विज्ञतर्फ तुलसीप्रसाद दंगाल २८२ मतसहित प्रतिनिधि चयन भएका छन् ।

प्रजातन्त्र सेनानीतर्फ शिवप्रसाद लामिछानेले ३५२ मत प्राप्त गरेका छन् ।

मतपरिणाममा खुला क्लस्टरतर्फ वंशलाल तामाङले सबैभन्दा फराकिलो मतान्तरसहित पहिलो स्थान बनाएका छन् । महिला क्लस्टरतर्फ यास्मिन ढुंगाना पनि उल्लेख्य मतसहित अगाडि रहिन् । विभिन्न समावेशी क्लस्टरबाट प्रतिनिधि चयन भएसँगै क्षेत्र नम्बर २ बाट कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लागेको छ ।

क्षेत्रीय नेतृत्वतर्फ कृष्णकुमार तामाङ सभापतिमा निर्वाचित भइसकेको क्षेत्र नम्बर २ मा अब महाधिवेशन प्रतिनिधिहरूको परिणामसमेत सार्वजनिक भएको हो । आगामी महाधिवेशनमा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिहरूले पार्टीको केन्द्रीय नेतृत्व चयन प्रक्रियामा सहभागिता जनाउनेछन् ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update