Harsamaya
लिसङ्खुपाखर गाउँपालिका कांग्रेस सभापतिमा जेठा तामाङ सर्वसम्मत
सभापतिमा जेठा तामाङ (जोगलाल) ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लिसङ्खुपाखर गाउँपालिकाको सभापतिमा जेठा तामाङ (जोगलाल) सर्वसम्मत निर्वाचित भएका छन्।

आज भएको गाउँपालिका अधिवेशनबाट तामाङ सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्। 

अधिवेशनले गाउँपालिकाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। तामाङ यसअघि पनि गाउँपालिकाको सभापति थिए ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update