सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को क्षेत्र, प्रदेश र पालिकामा नयाँ नेतृत्व चयन भएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति तथा स्थानीय तहका विभिन्न पदमा नेताहरू सर्वसम्मत निर्वाचित भएका हुन् ।
निर्वाचन परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा प्रकाश बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । सोही क्षेत्रको क्षेत्रीय सचिवमा राजकुमार रायमाझी र अजय लामा चयन भएका छन् । क्षेत्रीय सहसचिवमा बलराम बाँनिया र मानबहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै, प्रदेशसभा क्षेत्र नम्बर २ (क) को क्षेत्रीय सभापतिमा सूर्यप्रसाद कोइराला सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेशसभा क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय सभापतिमा रामशरण गिरी र उपसभापतिमा सुर्जे तामाङ चयन भएका छन् ।
स्थानीय तहमा पनि कांग्रेसले सर्वसम्मत नेतृत्व चयन गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको सभापतिमा रामकृष्ण ढुंगाना सर्वसम्मत निर्वाचित भएका छन् । इन्द्रावती गाउँपालिकाको सभापतिमा कृष्णबहादुर तामाङ (दोङ) र उपसभापतिमा डिलबहादुर तामाङ चयन भएका छन् । मेलम्ची नगरपालिकाको सभापतिमा सरोज वस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी, पाँचपोखरी थाङपाल गाउँपालिकाको सभापतिमा महेशदास श्रेष्ठ चयन भएका छन् । हेलम्बु गाउँपालिकाको अधिवेशन भने हुन सकेको छैन । क्षेत्रीय सभापति बस्नेतले हेलम्बुमा पनि छिट्टै अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए । ‘केही प्राविधिक कारण त्यहाँ अधिवेशन हुन सकेको छैन अब हामी छिट्टै अधिवेशन गर्न लागिरहेका छौं’, उनले भने ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जिल्लाका विभिन्न तहमा भइरहेको नेतृत्व चयन प्रक्रियामा सर्वसम्मतिका आधारमा पदाधिकारी टुंग्याउने प्रयास भइरहेको छ । सर्वसम्मत चयन भएका पदाधिकारीले आगामी दिनमा पार्टीको सङ्गठन विस्तार, कार्यकर्ता परिचालन तथा स्थानीय तहमा पार्टीका गतिविधि सञ्चालन गर्ने जिम्मेवारी पाउनेछन् ।
सर्वसम्मत निर्वाचित पदाधिकारीको सूची
- प्रतिनिधिसभा क्षेत्र नम्बर २
- क्षेत्रीय सभापति : प्रकाश बस्नेत
- क्षेत्रीय सचिव : राजकुमार रायमाझी र अजय लामा
- क्षेत्रीय सहसचिव : बलराम बाँनिया र मानबहादुर तामाङ
- प्रदेशसभा क्षेत्र नम्बर २ (क)
- क्षेत्रीय सभापति : सूर्यप्रसाद कोइराला
- प्रदेशसभा क्षेत्र नम्बर २ (ख)
- क्षेत्रीय सभापति : रामशरण गिरी
- क्षेत्रीय उपसभापति : सुर्जे तामाङ
- चौतारा साँगाचोकगढी नगरपालिका
- सभापति : रामकृष्ण ढुंगाना
- इन्द्रावती गाउँपालिका
- सभापति : कृष्णबहादुर तामाङ (दोङ)
- उपसभापति : डिलबहादुर तामाङ
- मेलम्ची नगरपालिका
- सभापति : सरोज बस्नेत
- पाँचपोखरी थाङपाल गाउँपालिका
- सभापति : महेशदास श्रेष्ठ

