Harsamaya
 एमाले गण्डकी प्रदेश सदस्य केशर छन्त्याल माओवादी प्रवेश
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्याल ।

काठमाडौं - नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बिहीबार बागलुङको ढोरपाटन नगरपालिकामा आयोजित कार्यक्रममा छन्त्याल सहित विभिन्न पार्टी परित्याग गरी १३ जना माओवादी केन्द्रका प्रवेश गरेका हुन् । 

उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । 

 नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ बागलुङ पुगेको छ ।

अहिले उक्त अभियान पूर्वी रुकुमबाट बागलुङको निसीखोला हुँदै ढोरपाटन पुगेको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update