बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया
बुधबार, माघ ९, २०८१
बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न थालिएको छ। नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालद्वारा ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गर्ने कार्यको शुभारम्भ गरिएको हो।
नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि
बुधबार, माघ ९, २०८१
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार छ सय ६५ दशमलव ४५ को विन्दुमा कायम भएको हो ।
हुथी विद्रोहीको घोषणा, अब लालसागरका जहाजमा आक्रमण हुदैँन्
बुधबार, माघ ९, २०८१
अमेरिकामा सरकार परिवर्तनसँगै मध्यपूर्वमा शान्ति कायम भएको देखिन्छ ।
इजरायल र हमासबीचको युद्धविराम सम्झौतापछि अब यमनका हुथी विद्रोहीले पनि लाल सागरमा शान्ति स्थापना गरेको घोषणा गरेका छन् ।
बिदेश पठाइ दिन्छु भनि ठगी गर्ने ३ पक्राउ
बुधबार, माघ ९, २०८१
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंवाट ४ चोर पक्राउ
बुधबार, माघ ९, २०८१
काठमाडौंमा ४ जना चोर पक्राउ परेका छन् ।
भोटेबहालस्थित पदमा कुमारी तुलाचनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अष्ट्रेलियासँग ८३ रनले पराजयसँगै नेपाल समुहचरणबाट बाहिरयो
बुधबार, माघ ९, २०८१
नेपाल अष्ट्रेलियासँग पनि पराजित भएको छ ।
नेपालले जारी आइसिसी यु–१९ ट्वान्टी–२० विश्वकपमा लगातार तेस्रो पराजय बेहोरेको हो ।
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
बुधबार, माघ ९, २०८१
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ ।
विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजाको टोली पुग्न थालेका छन् ।
कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण
बुधबार, माघ ९, २०८१
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ ।
गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण
बुधबार, माघ ९, २०८१
निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ ।
वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको वासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आरामस्थल निर्माण गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए...
बिमानमा बम भएकाे सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द
बुधबार, माघ ९, २०८१
बंगलादेशको हजरत शाहजलाल अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बम राखिएको धम्की पछि ६ घण्टाको आपत्कालीन घोषणा गरिएको छ ।
बिहान आएको एक बिमानमा बम राखिएको धम्की आए पछि बुधबार दिउँसो करिब १२ बजेसम्म त्यहाँ कुनै शंकास्पद बस्तु नभेटिएको जनाइएको छ ।
४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोडयो ८६ रन
बुधबार, माघ ९, २०८१
नेपालले सुरूवातमा राम्रो गरे पनि अष्ट्रेलिया आक्रामक देखिएका छन्।
टस हारेर फिल्डिङ रोजेको नेपालले ४ ओभरमा ३ विकेट लिन सफल भए पनि अहिले अष्ट्रेेलियाले थप १ बिकेट गुमाएर १३ ओंभरमा ८६ रन जोड्न सफल भएको छ।
काठमाडौं महानगरपालिकामा बचतकर्ताको ४ अरब ४९ करोड रुपैयाँ डुबेकाे भन्दै उजुरी
बुधबार, माघ ९, २०८१
काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना वचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अरब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका छन् ।
महानगरपालिकाले अनुसन्धान र कारवाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो माग दावी गरेका हुन् ।
साताको लोकप्रिय

