गुण्डुमा ‘ओलीकुटी’ निर्माण हुँदै

काठमाडौं - नेकपा एमालेका नेता महेश बस्नेतले गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको लागि ‘ओलीकुटी’ निर्माण गर्ने बताएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले गुण्डुका स्थानीयको पहलमा ओली कुटी निर्माण हुन लागेको बताएका छन् ।
‘ओलीकुटी’ निर्माणको संयोजक बस्नेत रहेका छन् । ‘ओलीकुटी कस्तो देखिन सक्छ? भनेर अहिले नै फोटो संकलन सुरु भइसकेको छ। देशभरबाट सुझाव र समर्थन आउदैछ्’, बस्नेतले लेखेका छन् ।
गत भदौको जेन्जी आन्दोलनमा ओलीको बालकोटमा रहेको घर प्रदर्शनकारीले जलाएका थिए । त्यसपछि ओली गुण्डुमा बस्दै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२ २०:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय