Harsamaya
हर समय
हर समय
महोत्तरीमा इँटाले हानेर श्रीमतीको हत्या
महोत्तरीमा इँटाले हानेर श्रीमतीको हत्या बलवा नगरपालिकामा ससुराली आएका श्रीमानले वादविवादमा क्रममा इँटा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । 
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कदैं, राजावादीहरूले हजारौं सडकमा उतार्ने
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कदैं, राजावादीहरूले हजारौं सडकमा उतार्ने गृह मन्त्रालयले राजतन्त्र पुनर्स्थापना पक्षधरहरूको भेलामा १० हजार मान्छे उपस्थित हुने आकलन गरेको छ। पोखराबाट पूर्वराजा दिउँसो फर्कने क्रममा सीमित व्यक्तिहरूलाई मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जान दिने र बाँकी समर्थकहरूलाई गौशाला, तिनकुने, भीमसेनगोला जस्ता क्षेत्रमै रोक्ने तयारी गृह मन्त्रालयले गरेको छ।
कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपात
कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपात कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पिएम कप: लुम्बिनीका तीन रंगशालामा आजबाट सुरु हुँदै
पिएम कप: लुम्बिनीका तीन रंगशालामा आजबाट सुरु हुँदै पीएम कपको उपाधि अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । अहिलेसम्म नेपाल पुलिस क्लबले तीन पटक जितेको छ भने एपीएफ र त्रिभुवन आर्मीले २-२ पटक यो उपाधि जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब हो ।
कुन देशको मुद्राको मूल्य कति पुग्यो ?
कुन देशको मुद्राको मूल्य कति पुग्यो ? जापानी येन १० को खरिदर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ...
कस्तो छ आजको तपाईंको राशिफल ?
कस्तो छ आजको तपाईंको राशिफल ? मीन  मन हलुका र शरीर स्वस्थ भएको राम्रो दिन छ । तर नियमित काम छाडेर घरपरिवार र आत्मीयजनहरूसँग दिन बिताउन सक्नुहुन्छ । परिबन्ध र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ । चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ ।...
हाँडीगाउँ, जहाँ सडक नै बन्द गरेर लाग्छ मेला (फोटो फिचर)
हाँडीगाउँ, जहाँ सडक नै बन्द गरेर लाग्छ मेला (फोटो फिचर) हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रूपमा लिइन्छ । यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरहरू भएको प्रमाण पाइन्छ । इसापूर्व दोश्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनहरूको जग यसै क्षेत्रमा मात्र छन् ।
दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतबाट रिहा
दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतबाट रिहा अभियोजकहरूले अदालतको फैसलाविरुद्ध अपिल गर्ने उनीहरूको अधिकारबारे सुनुवाई गर्दै युनलाई रिहा गरिएको थियो । विशेष गरी यो आपराधिक अभियोगमा उहाँको हिरासतको प्राविधिक विवरणको बारेमा थियो।
अस्ट्रेलियामा समुद्री आँधी: हजारौँ घर अन्धकारमा, केही सैनिक घाइते
अस्ट्रेलियामा समुद्री आँधी: हजारौँ घर अन्धकारमा, केही सैनिक घाइते उद्धारका लागि गइरहेका सैनिकहरू सवार एउटा ट्रक चिप्लिएर पल्टिएको र अर्को ट्रक त्यही पल्टिएको ट्रकमा गएर ठोक्किँदा १३ जना सैनिक घाइते भएको अधिकारीहरूले बताएका छन्।
मकुना मृत्यु प्रकरण: आत्मरक्षाका लागि सेनाले गोली चलाएको समितिको निष्कर्ष
मकुना मृत्यु प्रकरण: आत्मरक्षाका लागि सेनाले गोली चलाएको समितिको निष्कर्ष माघ २३ गते स्वीप कार्यका लागि छ वटा हात्ती सहित सेक्टर कार्यालय र नेपाली सेना सहित १४ जनाको संयुक्त टोली परिचालन भइरहेको थियो । स्वीपका क्रममा अग्लो ढड्ढी र झाडी भएको स्थानमा पुग्दा मकुना अकस्मात आक्रमण गर्न आएकाले सुरुमा दुई राउण्ड हवाइ फायर गरेको गर्नु परेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा गर्जबहादुर गुरुङ, अरु पदमा कसले जिते ?
नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा गर्जबहादुर गुरुङ, अरु पदमा कसले जिते ? यस्तै, नवनिर्वाचित अध्यक्ष गुरुङले पदभार ग्रहणसँगै थप १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको कोषाध्यक्ष भुपेन्द्र थापाले जानकारी गराए । मनोनित हुनेहरूमा विनुबहादुर थापा, अर्जुन केसी, जुद्धवीर थापा मगर, केशरबहादुर खाँड थापा, भक्तजङ्ग राई, सुब्बा थपलिया, गमबहादुर गुरुङ, प्रेमजङ्ग गुरुङ, ओमबहादुर रिमाल, ओमजङ्ग पाण्डे, देवबहादुर थापा मसराङ्गी, बोधविक्रम पण्डित, क्षेत्रबहादुर थापा,...
Weather Update