Harsamaya
इन्द्रावतीमा स्वास्थ्यसम्बन्धी हाजिरी जबाफमा कमलदेवी प्रथम
इन्द्रावतीमा स्वास्थ्यसम्बन्धी हाजिरी जबाफमा सहभागीलाई पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष झम्क नेपाल ।

सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिकामा महिनावारी दिवसको अवसरमा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको छ। बुधबार इन्द्रावती गाउँपालिका द्वारा आयोजित पालिका स्तरीय स्वास्थ्यसम्बन्धी हाजिरीजवाफमा पालिकाभरका विद्यालयहरूको सहभागिता रहेको थियो । 

प्रतियोगितामा वडा नं. ६ को कमलदेवी माध्यमिक विद्यालय प्रथम भएको छ । यस्तै, वडा नं. ५ को ऐसेलुखर्क माध्यमिक विद्यालय द्वितीय, वडा नं. १ को सिम्पालेश्वरी माध्यमिक विद्यालय तृतीय भएको छ । 

कार्यक्रमको प्रमुख आतिथ्यता पालिका अध्यक्ष झम्क नेपालले गरेका थिए । साथै, पालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष, अन्य वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

स्वास्थ्य शिक्षा तथा सचेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा इन्द्रावती गाउँपालिका अन्तर्गत रहेका १२ वटै माध्यमिक विद्यालयहरूको सक्रिय सहभागिता रहेको थियो।

उक्त कार्यक्रमले किशोर-किशोरी तथा विद्यार्थीहरूमा स्वास्थ्य सम्बन्धी ज्ञानको अभिवृद्धि गर्नुका साथै प्रतिस्पर्धात्मक क्षमताको विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update