Harsamaya
भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन - गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखक ।

काठमाडौं - गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् । 

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गरी गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको र असत्य हल्ला फैलाइएको दाबी गरे । 

'भिजिट भिसा प्रकरणमा मेरो संलग्नता देखाएर जसरी समाचारहरू आएका छन् । र, सामाजिक सञ्जालमार्फत जसरी विचारहरू अभिव्यक्त भएका छन्,' उनले भने, 'त्यो असत्य र बेठीक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन ।'

गृहमन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने अनुसन्धानमा सघाउन आफू तयार रहेको बताए ।  उनले भने, ‘आयोगको अनुसन्धानमा कतैबाट पनि प्रभावित पारिनुहुन्न ।’

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update