Harsamaya

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले ७ वर्षमा ७ लाख मान्छे भिजिट भिसामा बाहिर गएको छ र २० हजार फर्काइएको भन्दै यस्तो तथ्यांकहरु नजरअन्दाज गर्न नहुने बताए । 

उनले भने, ‘अहिले गृह प्रशासन, मन्त्रालय र वर्तमान गठबन्धनले जे अभ्यास गरेको छ त्यसको विरोध गर्छौँ र हामीले परिकल्पना गरेको व्यवस्था त्यो होइन । भुटानी शरणार्थीको काण्ड भयो, गृहमन्त्रीज्यू आउनु भयो, उहाँले यसको छानबिन गर्नु हुन्छ होला भनेर हाम्रो आशा थियो । तर उहाँ त फाइल बन्द गर्न आउनु भयो । ७ वर्षमा ७ लाख मान्छे भिजिट भिसामा बाहिर गएको छ र २० हजार फर्काइएको छ । यो २, ४ जना हो । यस्तो हुन दिने भइराख्न दिने, हामी यो तथ्यांकहरु नजरअन्दाज गर्नु ।’ 

भोलि संवैधानिक प्रक्रिया अनुसार बजेट रहेको भन्दै त्यसलाई अवरोध नगर्ने पनि उनको भनाई छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update