Harsamaya
प्रतिनिधिसभाको बैठक भोलि १ बजे बस्ने
प्रतिनिधिसभाको बैठक ।

काठमाडौं - प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । भोलि बिहीबार दिउँसो १ बजेसम्म बस्ने गरि बैठक स्थगित भएको हो ।

विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको आशंका गर्दै विपक्षीले मन्त्री लेखकको राजीनामा र छानबिन समिति नबनेसम्म बैठक बस्न नदिने बताउँदै आएका छन् ।

भोलि सरकारले संसदमा बजेट प्रस्तुत गर्दैछ । 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update