Harsamaya

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले सडकबाट राजा ल्याउने कुरा सम्भव नरहेको बताएका हुन् ।

बुधबार पार्टी कार्यालयमाआयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले जनताको विकल्प अरु हुन नसक्ने बताए।

उनले भने,‘बेबी किङका सन्दर्भमा राजतन्त्र भएका बेला विभिन्नतर्फ भए होलान् तर, अहिले गणतन्त्र र जनताको युगहो। जनताको विकल्प अरु कुरा कुनै पनि हिसाबले सम्भव छैन।’

उनले संविधानको फैसला सडकबाट बदल्ने कुरा मुर्खता मात्र रहेको बताए । सडकबाट राजा महासचिव पोखरेलले तत्काल वामपन्थी नामका पार्टीहरूसँग एकताको आवश्यकता र सम्भावना नरहेको समेत बताए ।

उनले वामपन्थीका नाममा कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पार्न विभाजनको खेती गर्नेहरुसँग एकताको अर्थ नहुने बताए । विगतमा पार्टी नेता भएका कारण एमालेका नेताहरू भ्रमण दलमा सामेल हुनु स्वभाविक रहेको पोखरेलको दाबी छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update