Harsamaya

काठमाडौं - स्वतन्त्र नागरिक छानबिन आयोगले गत चैत्र १५गते तीनकुनेमा भएको घटनाको सम्बन्धमा प्रतिवेदन सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक प्रतिवेदनमा तीनकुने घटनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन र कानुनी व्यवस्थाको उल्लङ्घन भएको आयोगले निष्कर्ष निकालेको छ ।

प्रतिवेदनमा घटनामा नेपालको संविधान, मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र र विभिन्न अन्तराष्ट्रिय सन्धिहरूको उल्लङ्घन भएको आयोगले ठहर गरेको छ ।

प्रतिवेदनमा कार्यक्रम संयोजक प्रहरीको घेराभित्रबाटै फरार भएपश्चात् वरिपरिका निजी घरहरूमा आगजनी हुनु, गोली हान्नुपर्ने परिस्थिति नभएको अवस्थामा गोली हानिएको उल्लेख छ ।
विज्ञहरूले घटनामा सुरक्षाकर्मीले अनावश्यक र अत्याधिक बल प्रयोग गरेको बताएको प्रतिवेदनमा उल्लेख गरिएको छ । २८ पृष्ठको प्रतिवेदनमा कतिपय घटना र विषयमा थप छानबिन गर्नुपर्ने आयोगले उल्लेख गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष देवेन्द्र लाल नेपालीले व्यवस्था मान्ने या नमान्ने दुबैले इतिहास घटित हुँदै गएको बुझनु पर्ने बताए । उनले जनताको विरुद्धमा सेना नजाने बताए । उनले नेपालमा भएका सबै शक्तिहरू मिलेर अघि बढ्नु पर्ने धारणा राखे । 

त्यस्तै उनले एउटा इतिहास घटित हुँदै छ । एउटा शिक्षा नेपालको प्रत्येक पक्षले सत्तामा बस्ने या बाहिर बस्ने व्यवस्था मान्ने या व्यवस्था नमान्नेहरु सबैले इतिहास घटित हुँदै गएको कुरा बुझनु पर्ने छ । आवश्यक स्थिति घटित हुँदैछ । यसलाई बुझ्न आवश्यक रहेको छ । तीनकुनेमा जुन घटना घट्यो त्यो अन्यन्तै दुखःद पक्ष हो ।त्यस्तो घटना पुन: नदोहोरियोस् । सेना परिचालन गरि दबाउने सोचेको होला संसारका कुनै शक्तिले जनताको विरुद्धमा सेना परिचालन गर्न सक्दैन सबै जनताको शक्ति मिलेर अघि बढ्ने विश्वास लिएको छु  । 
 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update