Harsamaya

काठमाडौं - नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री बोल्न जाने क्रममा प्रमुख प्रतिपक्षले देखाएको कार्यशैली दुःखद भएको बताएका छन् ।  

बुधबार प्रतिनिधिसभाको बैठकपश्चात उनले गृहमन्त्रीले सम्पूर्ण घटनाको बारे जवाफ दिन्छु भन्दा पनि भएको अवरोध दुःखद भएको भन्दै यो तरिकाबाट संसदलाई अगाडि बढाउने कुरा स्वीकार्य नभएको बताएका हुन् । 

उनले भने, ‘गृहमन्त्रीसँगको प्रश्नोत्तर हिजो प्रतिपक्षका कारणले गर्दा रोकियो, प्रमुख प्रतिपक्षले आजको बैठक रोकौं भोलि सहज तरिकाले अगाडि बढौला भन्नु भएको हुनाले हिजोको बैठक रोकेका थियौं । संसदमा गृहमन्त्रीज्यूले जवाफ दिन्छु, समग्र घटनाका बारेमा भनेर भनिसकेपछि गृहमन्त्री बोल्न जाने कुरालाई नै अवरोध गरेर जुन प्रकारको प्रमुख प्रतिपक्षको कार्यशैली थियो यो दुखद छ, यो तरिकाबाट संसदलाई अगाडि बढाउने कुरा वास्तवमा स्वीकार्य हुन सक्दैन ।’

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update