गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गरेर ‘भिजिट भिसा’ प्रकरणमा प्रष्टीकरण दिने

काठमाडौं - भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नताबारे प्रष्टीकरण दिन गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
बुधबार बेलुका ५ बजे संघीय संसद् भवन ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गरिएको मन्त्री लेखकको सचिवालयले जनाएको छ।
मंगलबार र बुधबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लेखकले बोल्न नपाएपछि पत्रकार सम्मेलनमार्फत भिजिट भिसा प्रकरणमा प्रष्टीकरण दिन लागेका हुन् ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ १६:३९
प्रतिक्रिया दिनुहोस्