चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित

काठमाडौं - चलचित्र ‘महाभोज’को प्रदर्शन तोकिएको समयमा नहुने भएको छ। ‘महाभोज’को प्रदर्शन देश तथा विदेशबाट बिहीबारदेखि हुँदै थियो ।
चलचित्र महाभोज परिवारले भोलिको लागि तोकिएको प्रदर्शन मिति सरेको फेसबुकमार्फत जानकारी दिएको छ ।
‘पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै, जेठ १५ गतेको लागि तय गरिएको चलचित्र ‘महाभोज’ को प्रदर्शन नेपाल तथा नेपाल बाहिरका सबै देशहरूमा हाललाई स्थगित गरिएको जानकारी गराउँदछौ’, महाभोज परिवारले भनेको छ ।
अर्को मिति छिट्टै जानकारी दिने पनि जनाइएको छ।
<>
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ १९:५०
प्रतिक्रिया दिनुहोस्