Harsamaya
कांग्रेसका पूर्वसांसद अफताब आलमले पाए सफाइ
नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलम ।

काठमाडौं - नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले सफाइ पाएका छन् । २०६४ मा बम विस्फोट गरी व्यक्ति हत्याको आरोप लागेका अफताबलाई उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो ।

जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । तर उच्चले उक्त फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो । 

आलममाथि २०७६ असोजमा बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोप लागेको थियो । आलमलाई घटना भएको १२ वर्षपछि २६ असोज २०७६ मा रौतहट प्रहरीले पक्राउ गरेको थियो । 

संविधानसभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा बम विष्फोमा घाइते भएकाहरूलाई रौतहटको राजपुरस्थित इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोप आलममाथि थियो । 

आलमलाई दोषी सावित गर्ने पर्याप्त प्रमाण नभेटिएको भन्दै उच्च अदालतले सफाइ दिएको हो । 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update