पूर्वविशिष्टहरूको सुविधा बढाउन हैन घटाउने गरि कानुन बनाउन खोजेको - प्रवक्ता महत
आइतबार, चैत ३, २०८१
आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले पूर्वविशिष्टको सुविधा बढाउनका लागि नभइ घटाउने गरि कानुन बनाउन खोजिएको बताएका हुन् ।
सरकारले देशलाई असफल राष्ट्र हुनबाट जोगायो - सञ्चारमन्त्री गुरुङ
आइतबार, चैत ३, २०८१
उनले पुराना ऐन कानुनले सुशासन कायम हुन नसकेको, राजस्व संकलन हुन नसकेको, व्यवसाय प्रवर्द्धनमा समस्या देखिएको महसुस भएकाले अध्यादेश ल्याउनुपरेको धारणा राखे ।
बीमा प्राधिकरणको सदस्य राधा पोखरेलले लिइन् पद तथा गोपनीयताको शपथ
आइतबार, चैत ३, २०८१
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिएकी हुन् । गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो ।
प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता पक्राउ
आइतबार, चैत ३, २०८१
बमले शनिबार हेटौँडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए । बमलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । उनले गणतन्त्र मुर्दावाद भने नारा लगाउँदै प्रचण्डको तस्वीरमा आगो लगाएका थिए ।
होली खेल्ने विषयमा विवाद हुँदा चक्कु प्रहार, युवकको मृत्यु
आइतबार, चैत ३, २०८१
अभियुक्त महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार राति मृत्यु भएको धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृतको अन्तर्वार्ताका लागि पाँच जना छनौट
आइतबार, चैत ३, २०८१
व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनौट हुनेमा चुडामणी चापागाई, नारद कुमार लुइटेल, पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बश्याल रहेका छन् ।
सुनचाँदीको मूल्य कति पुग्यो ?
आइतबार, चैत ३, २०८१
त्यसैगरी आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन किन घट्यो ?
आइतबार, चैत ३, २०८१
मर्स्याङ्दी आयोजना सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौंको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ
घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब बढी राजस्व संकलन
आइतबार, चैत ३, २०८१
विभागले गत साउनमा तीन अर्ब ८३ करोड ५० लाख, भदौमा रु तीन अर्ब नौ करोड, असोजमा रु तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख, मङ्सिरमा तीन अर्ब ८७ करोड, पुसमा चार अर्ब २५ करोड २२ लाख र माघमा तीन अर्ब ८७ करोड २४...
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ?
आइतबार, चैत ३, २०८१
आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने मन्त्री पौडेलले 'निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको छ ।
श्रीकृष्ण रत्नगंगा माविको विव्यसमा सत्ताधारी दल पराजित, कसले मार्यो बाजी ?
आइतबार, चैत ३, २०८१
सत्ता साझेदार रहेका नेकपा एमाले र नेपाली कांग्रेसका लजिता श्रेष्ठले ३ सय ३९ मत ल्याएकी थिइन् भने सोही प्यानलबाट बिन्दा पुरीले ३ सय २४ मत ल्याइन् । त्यस्तै निमेश श्रेष्ठले ३ सय २२ मत ल्याउँदा निमा लामाले २ सय ७७ मात्रै मत ल्याए । त्यस्तै स्वतन्त्र उम्मेदवार संसार श्रेष्ठले ६०...
कति छ आज तरकारी र फलफूलको मूल्य ?
आइतबार, चैत ३, २०८१
यसैगरी, मटरकोसा प्रतिकिलो ५०, घिउ सिमी (लोकल) प्रतिकिलो ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३०, घिउ सिमी (राजमा) प्रतिकिलो ९०, टाटे सिमी प्रतिकिलो ७०, तिते करेला प्रतिकिलो ११०, लौका प्रतिकिलो ४५, परबर (तराई) प्रतिकिलो १२०, घिरौला प्रतिकिलो ७०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो १५, हरियो...
वर्षा, हिमपात र हावाहुरीको सम्भावना
आइतबार, चैत ३, २०८१
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै अपराह्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
साताको लोकप्रिय

