Harsamaya
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
सांकेतिक तस्वीर: हर समय/ Har samaya

काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठुलो (भारतीय) ६५ रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ४० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो ३८ रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ३९ रुपैयाँ रहेको छ । प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।

अन्य तरकारीहरूमा गाजर (लोकल) ३५ रुपैयाँ, बन्दा (लोकल) १५ रुपैयाँ, काउली (स्थानीय) ४० रुपैयाँ, मूला रातो ४० रुपैयाँ, र भन्टा लाम्चो १८ रुपैयाँ रहेको छ। तनेबोडीको मूल्य प्रतिकिलो ५० रुपैयाँ, मटरकोसा १५० रुपैयाँ, र घिउ सिमी (लोकल) ३५ रुपैयाँ कायम भएको छ । तीतो करेला ५० रुपैयाँ, लौका ३० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला २५ रुपैयाँ, र भिण्डी २५,पिंडालू १२० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै रायोसाग ३० रुपैयाँ, पालुङ्गो साग ३५ रुपैयाँ, र तोरीको साग ३० रुपैयाँ प्रतिकिलो तोकिएको छ । मेथीको साग १०० रुपैयाँ र प्याज हरियो ५० रुपैयाँ रहेको छ । च्याउ (कन्य) १६० रुपैयाँ, च्याउ (डल्ले) २८० रुपैयाँ, र कुरिलो ३५० रुपैयाँमा उपलब्ध हुनेछ ।

फलफूलतर्फ, स्याउ (झोले) २५० रुपैयाँ, स्याउ (फुजी) ३०० रुपैयाँ, र केरा (दर्जन) १५० रुपैयाँ तोकिएको छ । कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३५० रुपैयाँ, र आँप (माल्द) ६५ रुपैयाँ रहेको छ । अङ्गुर (हरियो) २५० रुपैयाँ, अङ्गुर (कालो) ३५०,तरबुजा (हरियो) ४० रुपैयाँ, र भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ निर्धारण गरिएको छ । लिची (लोकल) १३० रुपैयाँ र लिची (भारतीय) १० रुपैयाँमा खरिद गर्न सकिनेछ ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update