बलात्कार आरोपमा बर्दिया र कैलालीबाट दुई जना पक्राउ
                            
                            
                                                        
                                                    
                                                            बर्दिया - १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-२ बस्ने २० वर्षीय चन्द्र बहादुर सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको टीकापुर नगरपालिका-१ वनगाउँ दक्षिण पुरूवा बस्ने २३ वर्षीय ओमप्रकाश घर्ती मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  २२:०८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
