सुन तोलामा ४२ सयले बढ्यो
शुक्रबार, जेठ ३०, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार १०० कायम भएको छ । यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।
मलेखु–मुग्लिन सडकखण्ड साढे ५ घण्टा बन्द हुने
शुक्रबार, जेठ ३०, २०८२
मलेखु–मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने काम भइरहेकाले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए ।
इजरायलले गर्यो इरानमाथि आक्रमण, दुई उच्च अधिकारीको मृत्यु
शुक्रबार, जेठ ३०, २०८२
आक्रमणमा इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक ऊर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणपछि राजधानी तेहरान लगायत देशभर नै विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने
शुक्रबार, जेठ ३०, २०८२
आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेस गर्नेछन् । प्रदेश सरकारले आगामी असार १ गते संसदमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।
आज अन्तर्राष्ट्रिय सम्बन्ध र उद्योग समितिको बैठक बस्दै
शुक्रबार, जेठ ३०, २०८२
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्रालयसँग छलफल गरिने कार्यसूची रहेको छ ।
दुबै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
शुक्रबार, जेठ ३०, २०८२
यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि रहेको छ । यस्तै राष्ट्रियसभाको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
राष्ट्रपति रनिङ सिल्ड : ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान
शुक्रबार, जेठ ३०, २०८२
पन्ध्रौं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोश्रो दिन एथलेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।
साहित्यकार मोमिला जोशीलाई तीन प्रश्न
शुक्रबार, जेठ ३०, २०८२
हरेक मान्छे आफैंमा युनिक हुने हुनाले हरेक लेखकले पनि आ-आफ्नै स्वतन्त्र रङ्ग, ढङ्ग,सुर र लयमा आफ्नो लेखनीको युनिक पहिचानसहित जीवन र लेखनको मार्ग पहिल्याउन सके त्यो नै निकै ठूलो लेखकीय न्याय हुने छ । यद्यपि यो त्यतिबेलामात्र सार्थक हुन्छ– जतिखेर एउटा लेखक साँचो लेखक नै भएर आडम्बरहीन बाँच्छ र सोहीअनुसार...
आज कोशी , बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
शुक्रबार, जेठ ३०, २०८२
मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
बढ्यो अमेरिकी डलर र युरोको भाउ, यस्तो छ आजको विदेश मुद्राको विनिमय दर
शुक्रबार, जेठ ३०, २०८२
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८६ रुपैयाँ...
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
शुक्रबार, जेठ ३०, २०८२
फाइदा हुने काम प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। आँट गर्दा जटिल काम समेत सफल हुन सक्छ। शत्रुहरू पराजित हुनेछन् । धार्मिक र सामाजिक काममा रुचि बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको...
मनसुन चाँडै सक्रिय हुने, चट्याङबाट बच्न रुखमुनि बस्ने चलन गलत [भिडियो]
बिहीबार, जेठ २९, २०८२
‘एक दुई दिन अलिकति तापक्रम बढेको र सर्वसाधारणलाई असहज भएको अवस्था छ । मनसुन सक्रिय भएपनि सबै दिन वर्षा हुने भन्ने हुँदैन । कुनै बेला ब्रेक हुनसक्छ । मनसुनलाई एक्टिभ बनाउने मनसुन ट्रस्ट सधैँभरि एकै ठाउँमा बस्दैन । त्यो ट्रस्ट माथि तल मुभ भइ नै रहन्छ,’उनले भने ।
काठमाडौंमा मधेसीलाई भेदभाव गरियो, एकजुट हुनेबेला आयो : अध्यक्ष यादव
बिहीबार, जेठ २९, २०८२
उनले भने,‘हाम्रो यतिधेरै जनसङ्ख्या भएपनि एकजुट हुन सकेको छैन । आफ्नो हकको लागि बोल्न सकेको छैन । त्यसैले पार्टीमा विमर्श गर्यौं । मुलुकको राजनीतिमा विसङ्गती र विकृति छ । हामी त्यसमा खडा हुनुपर्छ । राज्यले गरेको गलत कामलाई गलत भन्न सक्नुपर्छ र न्याय र अधिकारको लागि पनि खडा हुनुपर्छ ।’
साताको लोकप्रिय

