छोरीलाई सामान पुर्याउन हिँडेका कुमाल कालिगण्डकीमा बेपत्ता
सोमबार, चैत ११, २०८१
जिल्ला प्रहरी कार्यालय स्याङ्जा सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेकी छोरीलाई सामान पठाउन उनी घरबाट हिँडेका थिए
यी ४ निर्माण कम्पनी परे कालोसूचीमा
सोमबार, चैत ११, २०८१
जसमा १ निर्माण कम्पनीलाई ३ वर्ष, १ निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य २ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ । कालोसूचीमा परेकाहरु सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा भाग लिन पाउँदैनन् ।
दुई करोड ५५ लाख बढीको भ्रष्टाचार मुद्दामा फरार विद्युतका कर्मचारी पक्राउ
सोमबार, चैत ११, २०८१
प्राधिकरणका सहायक प्रबन्धक उप्रेतीलाई सर्वोच्च अदालतले गत मंसिर १२ गते दोषी ठहर गरेको थियो। उनलाई दुई करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिबाना र ६ महिना कैदको फैसला अदालतले गरेको थियो।
काठमाडौंका एसएसपी अधिकारीले दिए भर्चुअल निर्देशन
सोमबार, चैत ११, २०८१
उनले ‘सुरक्षित उपत्यका’का लागि व्यावसायिक र निष्ठापूर्वक परिचालित हुन मातहतलाई निर्देशन दिए।
शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
सोमबार, चैत ११, २०८१
उनले भने‘शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महसुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो ।’
क्यानडालाई अमेरिकामा विलय गराउने अभिव्यक्तिविरुद्ध प्रदर्शन
सोमबार, चैत ११, २०८१
‘म एक गर्विलो क्यानेडियन हुँ र म विश्वास गर्छु कि हामीले हाम्रो देश, जीवनशैली, संसदीय प्रणाली, कानुनी प्रणाली, द्विभाषिकता, हाम्रा आदिवासी जनताको लागि बहुसांस्कृतिकताको लागि उभिनुपर्छ। र यो संयुक्त राज्य अमेरिकाबाट र त्यहाँको प्रशासनबाट खतरामा छ । विलयको खतराविरुद्ध उत्रिनुपर्छ,’प्रदर्शनकारी डग बेनेटले भने ।
किसान वर्षभरि माटोमा खेल्छ तर ६ महिना भन्दा बढी खान पुग्दैन : मन्त्री अधिकारी
सोमबार, चैत ११, २०८१
उक्त बैठकमा बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि नीति अगाडि बढाउनका लागि मन्त्रालय गम्भीर रहेको बताए । उनले किसान वर्षभरि माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन त्यसैले हामीले यो विषयमा सोच्नुपर्ने बताए ।
ज्ञानेन्द्र शाहीले काँग्रेस सभापति देउवालाई भने - बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ
सोमबार, चैत ११, २०८१
हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पूर्व राजा शाह संवैधानिक राजा हुन सक्ने हैसियत नभएको भन्दै राप्रपाको सभापति बन्न देउवाले सुझाव दिएपछि राजावादीहरू आक्रोशित भएका हुन् ।
निर्माणाधीन दलित संग्रहालय भवन अलपत्र
सोमबार, चैत ११, २०८१
भेरीगंगा नगरपालिकामा निर्माणाधीन दलित संग्रहालयको भवन बजेट अभावमा अलपत्र परेको छ । दलित समुदायको ऐतिहासिक संस्कृति तथा पहिचान जोगाउन उद्देश्यले निर्माण थालिएको संग्रहालय संघीय सरकारले चालू आर्थिक वर्षमा बजेट विनियोजन नगरेपछि अलपत्र परेको हो ।
सुनको मूल्य घट्यो
सोमबार, चैत ११, २०८१
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो ।
लोकतान्त्रिक अपांग संघको अध्यक्षमा चम्लागाई निर्वाचित
सोमबार, चैत ११, २०८१
यस्तै महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन् । खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत पाएर निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगनकुमार थापा निकट हुन् ।
कल्पना खड्काले भावुक हुँदै भनिन, ‘काँग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरूले म माथि दुर्व्यवहार गरे’
सोमबार, चैत ११, २०८१
संघको चैत ८ र ९ गते भएको प्रथम महाधिवेशनको चुनावी प्रक्रियामा लफडा भएको थियो । निर्देशन समितिका संयोजक मधु आचार्यले अध्यक्षका उम्मेदवारद्वयलाई प्रहरी घेरामा राखी निर्वाचन प्रक्रिया अगाडि बढाएका थिए । उनले प्रहरी बलको दुरुपयोग गरी निहत्था अपांगहरूमाथि अत्याचार गरेको भन्दै काँग्रेसवृतमा विरोध भएको छ ।
अपांग संघको निर्वाचनमा धाँधली गरेको भन्दै अध्यक्षका उम्मेदवारद्वयले पत्रकार सम्मेलन गर्ने
सोमबार, चैत ११, २०८१
उनले भनेकी छिन्, ‘हामी २ जना अध्यक्षका उम्मेदवार कल्पना खड्का र बिकास थापा सहभागी नभएको चुनावी प्रक्रियाको सम्बन्ध र अबको हाम्रो राजनीतिक योजनाको बारेमा आज दिउँसो ३.३० बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा सहभागी भैइदिनुहुन सम्पुर्ण पत्रकारज्युहरुमा हार्दिक अनुरोध गर्दछौं । जय नेपाल ।’
साताको लोकप्रिय

