Harsamaya
आज  अन्तर्राष्ट्रिय सम्बन्ध र  उद्योग समितिको बैठक बस्दै
संघीय संसद सचिवालय ।

काठमाडौं - संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ ।  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्न लागेको हो ।

बिहान १०:३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्रालयसँग छलफल गरिने कार्यसूची रहेको छ ।

यसै गरी, बिहान ८ बजे बसेको  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुकमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update