Harsamaya
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौँ - आज २०८१ जेठ ३० गते शुक्रबार । ग्रह नक्षत्रको प्रभावले आज विभिन्न राशिका व्यक्तिहरूका लागि विशेष अवसर, वित्तीय फाइदा, प्रेम जीवनमा परिवर्तन, स्वास्थ्य सम्बन्धी सचेतना, र पारिवारिक सम्बन्धमा महत्त्वपूर्ण मोड आउन सक्ने संकेत देखिएको छ।

मेष : साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा प्रशस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ पढाई लेखाइमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मिहिनेतले मान सम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्नेछ ।

वृष : टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ ।व्यावसायिक अल्झन देखा पर्ला । सामाजिक काममा व्यस्त रहनुपर्नेछ । भइपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ।

मिथुन : व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

कर्कट : सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सुख दुखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। दाम्पत्य जीवन सुखमय रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाइको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ ।

सिंह : आँटेका काम बन्नाले जोस जाँगर बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ। रोजगारीको नयाँ अवसर मिल्नेछ । कूटनीतिक कार्यहरू सफल हुनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । लक्ष्यमा पुग्न समय लाग्नेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने हुन सक्छ।

कन्या : सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । उत्साह र स्फूर्ति बढ्नेछ । ठुला व्यक्तिको सहयोगले काम गर्ने आत्मविश्वास बढ्नेछ । कामको चाप बढ्नेछ। स्वास्थ्यका लागि व्यायाम तथा खानपिनमा ध्यान पुर्‍याउनुहोला।

तुला : सोचेको आटेको काममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । साथीभाइसँग भेटघाटमा मन खुसी रहनेछ । समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ । रोकिएका अधुरा कामहरू पूरा हुनेछन् भने नयाँ काम सुरु गर्ने योग रहेको छ । शैक्षिक लगानी बढ्नेछ। मनग्य धन आर्जन हुनेछ ।विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

वृश्चिक : घरायसी काममा रुचि बढ्नेछ । अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ। काममा चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ। अरूको विश्वास सजिलै जित्न सकिनेछ । मन प्रसन्न रहनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ। धार्मिक र सामाजिक काममा मन जानेछ । व्यापार व्यवसायमा अवरोध उत्पन्न हुन सक्ने देखिन्छ ।

धनु : मानसिक चिन्तन एवं पराक्रम बढ्नेछ । परोपकारी काममा समय बित्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । सिर्जनात्मक कार्य हुनेछन्। परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा अलि विलम्ब हुनेछ ।  अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। वैदेशिक यात्रा हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । परोपकारी काममा रुचि बढ्नेछ ।

मकर : समाजमा मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। आवेशको व्यवहार र असमझदारीले साथीभाइ टाढिन सक्छन्, सजग रहनुहोला । मनोरञ्जनमा मन जानेछ ।

कुम्भ : फाइदा हुने काम प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। आँट गर्दा जटिल काम समेत सफल हुन सक्छ। शत्रुहरू पराजित हुनेछन् । धार्मिक र सामाजिक काममा रुचि बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

मीन : अध्ययन अध्यापनमा प्रगति हुनेछ। प्रयत्न गर्दा विदेश यात्राको अवसर जुट्न सक्छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। धेरै बोल्दा समस्या आउन सक्छ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । सानोतिनो समस्या आए पनि नियमित काम सम्पादन हुनेछ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला।  रोकिएका अधुरा कामहरू सुचारु हुनेछन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update