Harsamaya
बढ्यो अमेरिकी डलर र  युरोको भाउ, यस्तो छ आजको विदेश मुद्राको  विनिमय दर
सांकेतिक तस्वीर: हर समय/ Har samaya

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा केही स्थिरता देखिए पनि नेपालमा आज विदेशी मुद्राको विनिमय दरमा सामान्य उतारचढाव देखिएको छ ।  नेपाल राष्ट्र बैंकले आइतबारका लागि जारी गरेको विनिमय दरअनुसार प्रमुख मुद्राहरूमा हल्का फेरबदल देखिएको छ ।

नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा कायम गरिएको जनाएको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २६ पैसा र बिक्रीदर १०० रुपैयाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ  १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४ रुपैयाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ २४ पैसा र बिक्रीदर २१ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४४८ रुपैयाँ  रुपैयाँ ७१ पैसा, बहराईन दीनार एकको खरिदमा ३६२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०० पैसा,  ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ५७ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ५३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यी दरहरू आवश्यकतानुसार जुनसुकै बेला संशोधन गर्न सकिने स्पष्ट पारेको छ । यस्ता दरहरू वाणिज्य बैंकहरूमा फरक हुनसक्ने हुँदा प्रयोगकर्ताले अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न अनुरोध गरिएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update