आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने

हेटौंडा - बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । शुक्रबार दिउँसो १ बजेको लागि बैठक बोलाइएको हो । आज बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आर्थिक सर्वेक्षण प्रस्तुत गरिने कार्यसूची रहेको सभाका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन् ।
आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेस गर्नेछन् । प्रदेश सरकारले आगामी असार १ गते संसदमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२ ०८:३४
प्रतिक्रिया दिनुहोस्