Harsamaya
सुन तोलामा ४२ सयले बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार १०० कायम भएको छ । यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।

यसैगरी आज चाँदी  पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको रु दुई हजार १६५ मा कारोबार भइरहेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update