Harsamaya
चुमनुब्रीमा नुन प्रतिप्याकेट २०० रुपैयाँ
नुन ।

गोरखा - गोरखाको उत्तरी भेग चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा नुनको मूल्य प्रतिप्याकेट २०० रुपैयाँसम्म पुगेको छ ।

बजारमा ३० देखि ३५ रुपैयाँमा पाइने आयो नुन सडक पहुँच नहुँदा ढुवानी खर्च बढेर महँगो भएको हो । सामागाउँ र साम्दोमा नुनको मूल्य २०० रुपैयाँ, छुले र निलेमा १८० देखि २०० रुपैयाँसम्म पर्ने गरेको छ ।

सरकारले ढुवानी अनुदानमार्फत सहुलियतमा नुन उपलब्ध गराए पनि सबै विकट बस्तीमा पुग्न सकेको छैन । सडक सञ्जालको अभावमा खच्चडबाट सामान ढुवानी गर्नुपर्ने बाध्यताले स्थानीय महँगो मूल्य तिर्न विवश छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनले चालु आर्थिक वर्षमा उत्तरी गोरखाको सिर्दिबासका लागि ३५० क्विन्टल आयो नुन पठाएको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update