Harsamaya
हर समय
हर समय
गृह मन्त्री र भाजपा विदेश प्रमुखबीच भेटवार्ता
गृह मन्त्री र भाजपा विदेश प्रमुखबीच भेटवार्ता तीन दिने नेपाल भ्रमणका लागि चौथाईवाले बुधबार बिहान काठमाडौं आएका हुन् । उनले यस क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता गठबन्धनका प्रमुख नेताहरू शेरबहादुर देउवासहित प्रतिपक्षी दलका नेता र तराइ मधेश केन्द्रित दलका नेतासँग भेटवार्ता गर्नेछन् ।
शिक्षक र सरकारबीच वार्ता जारी
शिक्षक र सरकारबीच वार्ता जारी सरकार र आन्दोलनरत शिक्षक महासंघबीच वार्ता जारी छ। वार्ता शिक्षा मन्त्रालयमा जारी रहेको छ ।
रेशम चौधरीको पक्राउमा सिके राउतको विरोध, पार्टी एकता अनिश्चित
रेशम चौधरीको पक्राउमा सिके राउतको विरोध, पार्टी एकता अनिश्चित रेशम चौधरीको पक्राउको विरोधमा सिके राउतले आपत्ति जनाएका छन् ।उनले सामाजिक सञ्जालबाट सो आपत्ति जनाएका हुन् । 
सरकार र आन्दोलनरत शिक्षकहरूबीचको वार्ता सकरात्मक रुपले अगाडि बढेको छ : प्रदिप ज्ञवाली (भिडियोसहित)
सरकार र आन्दोलनरत शिक्षकहरूबीचको वार्ता सकरात्मक रुपले अगाडि बढेको छ : प्रदिप ज्ञवाली (भिडियोसहित) यस्तै, युवा पुस्तामा आशा र विश्वास जगाउनको लागि उद्यमशीलता, सिप विकास, व्यवसायिक योजना र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरू आउनु पर्ने सुझाव आएको पनि बताए ।
बिमा कार्यक्रममा आँखाको स्वास्थ्यलाई समायोजन गरिनेछ: प्रधानमन्त्री  (भिडियोसहित)
बिमा कार्यक्रममा आँखाको स्वास्थ्यलाई समायोजन गरिनेछ: प्रधानमन्त्री (भिडियोसहित) नेपालमा सन् २०२२ मा बच्न सकिने अन्धोपनको द्रूत मूल्याङ्कन पूरा भएको र यसले हाम्रा राष्ट्रिय प्राथमिकतालाई मार्गदर्शन गर्न सघाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा सन् २०३०  प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेज ३५.४५ बाट बढाएर ७५ प्रतिशतसम्म गर्ने प्रतिबद्धता राखिएको अवगत गराए ।
विराटनगरमा नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ
विराटनगरमा नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाइएको छ। साथै, नक्कली नोटको स्रोत र संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ 
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ  बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रमबाट उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो । एकता कार्यक्रम सुरु हुनु अघि नै उनलाई पक्राउ गरिएको हो ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा समस्या 
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा समस्या  बुधबार राजधानीको कमलादीस्थित प्रज्ञाभवनको हलमा हुन लागेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको हो । 
जीमेल भरिएर तनावमा हुनुहुन्छ ? अब एक क्लिकमा अनावश्यक मेलहरू मेटिनेछ
जीमेल भरिएर तनावमा हुनुहुन्छ ? अब एक क्लिकमा अनावश्यक मेलहरू मेटिनेछ जीमेलले आफ्ना प्रयोगकर्ताहरूलाई ‘म्यानेज सब्सक्रिप्सन’ को विकल्प दिइरहेको छ। यो एक जादुई बटन जस्तै काम गर्नेछ। यो सुविधामार्फत तपाईंको इनबक्स सधैँ सफा रहनेछ। यसमा, तपाईंले कुनै पनि ठाउँमा सदस्यता मेलहरू हेर्न सक्षम हुनु हुनेछ, अब यी ती मात्रै मेलहरू हुनेछन्, जुन तपाईंले हेर्न चाहनुभएको थियो वा जुन तपाईंले कुनै समयमा...
अदालतमा विचाराधीन मुद्दाबारे नबोल्न गगन थापालाई सर्वोच्चको आदेश
अदालतमा विचाराधीन मुद्दाबारे नबोल्न गगन थापालाई सर्वोच्चको आदेश नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई अदालतमा विचाराधीन मुद्दाका बारेमा अभिव्यक्ति नदिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
सरकार र शिक्षक महासंघबीचको वार्ता दिउँसो २ बजे, निष्कर्षमा पुग्ला ?
सरकार र शिक्षक महासंघबीचको वार्ता दिउँसो २ बजे, निष्कर्षमा पुग्ला ? नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगेपछि पहिलो चरणमा मन्त्रीपरिषद्‍बाट निर्णय गराउने योजना रहेको छ ।
अब सगरमाथामा व्यावसायिक हेलिकोप्टर उडान गर्न नपाइने
अब सगरमाथामा व्यावसायिक हेलिकोप्टर उडान गर्न नपाइने पटक पटक व्यावसायिक हेलिकोप्टर उडान नगर्न खुम्बु पासाङल्हामु गाउँपालिकाले हेलिकोप्टर तथा ट्रेकिङ व्यवसायीलाई चेतावनी दिएको छ ।
Weather Update