Harsamaya
कांग्रेस, एमाले र माओवादीबीच दुई बुँदे सहमति
ग्राफिक्स: हर समय/Har Samaya

काठमाडौं - संसद खुलाउनका लागि सत्ता पक्ष र प्रतिपक्षी बीचमा दुई बुँदे सहमति भएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो जानकारी दिएका हुन् । 

प्रतिनिधिसभाका तीन ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा दुई बुँदे सहमति कायम भएको हो । 

सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट माओवादी प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे सहमतिसहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिपछि १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि खुल्ने जानकारी गराए । 

जसअनुसार पहिलो बुँदामा ‘भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित अनियमितताका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त विषय सम्बन्धमा छानबिनका लागि सरकारले आवश्यक सहजीकरण गर्नेछ,’ उल्लेख छ ।

साथै, दोस्रो बुँदामा भनिएको छ, ‘अध्यागमन र भिजिट भिसाका सम्बन्धमा देखिएका समस्या समाधान गर्न आवश्यक अध्ययन गरी नीतिगत, कानुनी र संरचनागत प्रश्नहरूमा उपयुक्त व्यवस्था र संरचनाका लागि ठोस पहल गरिनेछ ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, छानबिन समितिलगायत ५ बुँदे प्रस्तावमा रास्वपाले भने अडान जारी राखेको छ ।

उक्त दुई बुँदे सहमतिमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले असहमति जनाएका छन् । तर प्रचण्डले रास्वपालाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको जानकारी दिए । 

505167828_1082464560415599_5556344039209024622_n-1749812127.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update