Harsamaya
गृहमन्त्री लेखकले बोल्दै गर्दा रास्वपाले रोष्ट्रममै पुगेर गरे नाराबाजी
रोष्ट्रममा पुगेर नाराबाजी गर्दै रास्वपा र राप्रपाका सांसद ।

काठमाडौं - प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले रोष्ट्रममा पुगेर नाराबाजी गरिरहेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा दुई बुँदे सहमति भएपछि संसद सुरू भएर गृहमन्त्री रमेश लेखकले बोल्दै गर्दा रास्वपा र राप्रपाले संसदमा राजीनामा माग्दै नाराबाजी गरेका हुन ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर विरोध जनाएका थिए । यसअघि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाको सांसद मनिष झाले बोलेपछि गृहमन्त्री लेखकले आफ्नो धारणा राखिरहेका छन् ।

सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद  पाण्डेलाई समय दिएपनि रास्वपा र राप्रपाले टेबुल ठोकेर विरोध जनाएका थिए ।  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनुपर्ने माग उनीहरूको रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update