Harsamaya
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यालय ।

काठमाडौं - सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ।

आगामी असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानोपामा बस्ने गरी बैठक बोलाइएको हो ।

मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, सत्ता सहकार्यको समीक्षा, पार्टीको १५ औं महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update