Harsamaya
इरानद्धारा इजरायलमाथि एक सय बढी ड्रोन हमला
इरानले शुक्रबार बिहान इजरायलतर्फ करिब १०० ड्रोन प्रक्षेपण गरेको छ ।

काठमाडौं - इरानले शुक्रबार बिहान इजरायलतर्फ करिब १०० ड्रोन प्रक्षेपण गरेको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार तीमध्ये धेरैलाई आकाशमा नै रोकिएको छ ।

उता, इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलले कठोर सजाय भोग्नु पर्ने र सैन्य बलहरूले उनीहरूलाई सजाय दिने बताएका छन्। 

इरानको विदेश मन्त्रालयले आफ्नो सशस्त्र सेनाले पूर्ण शक्तिका साथ इरानको सार्वभौमसत्ताको रक्षा गर्न र आफूले उपयुक्त ठानेको तरिकामा हिचकिचाउने छैन भनेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update