Harsamaya
पोखरामा रोकी राखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

पोखरा - कास्कीको पोखरा महानगरपालिका–५ जिरो नजिक रोकी राखेको बोलेरो जिपको पछाडि स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो २ बजेर ५० मिनेटको समयमा लु ३ च ५२७४ नम्बरको रोकी राखेको बोलेरो जिपको पछाडि ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको हो ।

दुर्घटनामा स्कुटरमा सवार दुई जना पुरुष गम्भीर घाइते भएका थिए । घाइतेमध्ये एक जनाको उमेर अन्दाजी २५ वर्ष र अर्काको उमेर अन्दाजी २२ वर्ष रहेको प्रहरीले जनाएको छ । दुवै जनाको तत्काल नाम, थर र वतन खुल्न सकेको थिएन ।

गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र बोलेरो जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update