एजेन्सी - चीन, अमेरिका र रुसले आफ्ना राष्ट्रप्रमुखबीच चीनको सेन्जेन सहरमा भएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनपछि बिहीबार संयुक्त रूपमा ‘शान्ति घोषणापत्र’ जारी गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी सम्मेलनपछि चिनियाँ सरकारी सञ्चारमाध्यम र क्रेमलिनले संयुक्त वक्तव्य सार्वजनिक गरेका छन् । ह्वाइट हाउसले भने उक्त वक्तव्य सार्वजनिक गरेको छैन ।
संयुक्त वक्तव्यमा तीनै देशका नेताले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिबारे गहन विचार विमर्श गर्दै रणनीतिक स्थिरता र अन्तर्राष्ट्रिय सुरक्षा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख छ ।
तीन देशले प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति बढाउने योजना बनाएको र ऊर्जाको स्थिर प्रवाहको महत्त्वलाई पुनः पुष्टि गरेको वक्तव्यमा जनाइएको छ । त्यसैगरी आणविक जोखिम न्यूनीकरण र आणविक हतियारको प्रसार रोक्न आपसी संवाद अघि बढाउने सहमति भएको छ ।
वक्तव्यमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) लगायतका संस्थाले आफ्नो अधिकारक्षेत्रको दुरुपयोग गर्न नहुने उल्लेख गरिएको छ ।
राष्ट्रको सहमति र सरकारी अधिकारीले पाउने कूटनीतिक उन्मुक्तिको सम्मान गर्नुपर्नेमा पनि नेताहरूले जोड दिएका छन् । तीनै देशले संयुक्त राष्ट्रसङ्घको सुधार प्रक्रियालाई अघि बढाउन प्रतिबद्धता व्यक्त गरेका छन् ।

