
काठमाडौं - पुर्वाञ्चल विश्वविद्यालय एमालेकरण भएको कांग्रेस नेता गुरूराज घिमिरेले आरोप लगाएका छन् । उनले विश्वविद्यालय पार्टीकरण हुनु दुःखद भएको भन्दै विश्वविद्यालयमा राजनीतिक गतिविधि अमान्य हुने घोषणा गरेका छन् ।
‘नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारको पछिल्लो उपहारको रूपमा पूर्वाञ्चल विश्वविद्यालयलाई पूर्ण रूपमा एमालेकरण गरी संस्थाको प्राज्ञिक मर्यादा र गरिमा माथि ठूलो खेलबाड भएको छ, उपकुलपति र रजिष्टार दुवै पदमा एमाले समर्थकको नियुक्तिपश्चात् यस संस्थालाई आफ्नो दलको क्रीडास्थल बनाउने प्रपञ्च सफल भएको छ, उनले भने, ‘कोशी प्रदेशबासीको तर्फबाट यस निर्णयको घोर भर्त्सना गर्दछु, साथै हरेक नियुक्तिलाई हेर्ने नेपाली कांग्रेस र एमालेको साझा संयन्त्रमा रहेका कांग्रेस प्रतिनिधिहरूको भूमिका प्रति खेद छ र विश्वविद्यालयमा भविष्यमा हुनसक्ने हरेक राजनीतिक गतिविधि अमान्य हुने घोषणा समेत गर्दछु, उनले सामाजिक सञ्जालमा लेखेका छन्।’
<>