संसदमा रास्वपा र राप्रपाको विरोध कायमै

काठमाडौं - प्रतिनिधिसभाको बैठक सुरू भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा दुई बुँदे सहमति भए पछि संसद सुरू भएको हो ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर विरोध जनाइरहेका छन् ।
सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद हितराज पाण्डेलाई समय दिए पनि रास्वपा र राप्रपाले टेबुल ठोकेर विरोध जनाइरहेका छन् ।
भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्ने माग उनीहरूको रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२ १७:०६
प्रतिक्रिया दिनुहोस्