कविता : चुनाव !
शनिबार, माघ १७, २०८२
माली गाईले चर्ने खर्कहरू,
उराठ मानेर तन्किरहेछन्
गाई बाख्राले चर्ने खरुकी,
भिरमै सुकेर झुरिएछन्,
माईला बा ले टेक्ने लठ्ठी,
बार्दलीमै मक्कीई सकेछ
आमाले पानी बोक्ने डोको
पिँध फुस्केर उभिण्डो परेछ ।
उजाड भएछन् बाख्राका टाट्नाहरू
अनि, गाई भैंसीका ग्वालीहरू
मक्काई सकेछन् डाँडा भाटा,
पानी चुहिदैंछ मतानबाट तप्प तप्प ।
अस्तित्व चाहिँ देखिदैंछ तर,
न जिव छ, न त जीवन नै ।
कविता : जिन्दगी !
सोमबार, पुस २१, २०८२
घटाउँदा घटाउ मिलेन कि,
सरलीकरणमा शुत्र,
न ठ्याक्क हिसाब मिल्छ,
न त देखिन्छ गल्ती नै ,
नतिजामा हात लागेको शुन्य जस्तै
ओथारो बसेको गुँढ बनेछ जिन्दगी,
देख्दा चटक्क छ तर असरल्ल।
पहिचान हराएको मान्छे !
शनिबार, पुस ५, २०८२
एक ताउ पहाडे कागजमा,
परिचय खोजिन्छ यहाँ,
बजारु नारी तथा पुरुषसँग,
अस्मिता अनि पुरुषत्व जोखिन्छ यहाँ ।
सस्ता हुन कि आडम्वरी,
अन्जान हुन वा विदुर,
मौन कोलाहलको बिचमा,
मान्छे,आफूलाई नियाल्दै छ,
लाग्छ,आफ्नै पहिचान हराएको छ ।
कविता : साथी ! मैले पार्टी छाडेँ नि
शनिबार, मंसिर २०, २०८२
बाल्यकालमा हँसिया समाएँ,
अहिले हतौडाले टाउकोमा हान्दैछ,
आकाशमा तारा टिलपिलाएको देखेँ,
रोशनीले मन लालायित भएछ सायद !
कविता: गुरु
शनिबार, मंसिर १३, २०८२
रातको निष्तब्धता चिर्दै,
दिनको व्यग्र पर्खाइमा,
लोलाएका निरिह अनि निर्भिक नयनहरु,
कसैको पर्खाईमा टोलाइरहेछन,
एकोहोरो भावमा व्यग्रता छछल्किदैंछ,
लाग्छ निकै आतुरमा छन् प्रतिक्षाहरू ।
कविता : स्वपनाहरू !
शनिबार, मंसिर ६, २०८२
विथोलिई रहेछन स्वपनाहरू,
निद्राको अधिपत्य साँगुरिएको छ,
स्वपनाका मुलधारहरु चौबाटोमा छन्,
चुनौतीका पहाडहरूसँगै,
गन्तव्य तरङ्गीत बनेको छ ।
कविता :मलाई मुर्दा बनाई देउ !
शनिबार, कात्तिक १, २०८२
मेरा तीनै शव्दहरु, मैलाई कटाक्ष गर्छन भने,
गलत सुन्नु भन्दा प्रभू, मलाई मुर्दा बनाईदेउ ।
कविता : तिम्रै कुरा तिमीलाई नै सुनाउन मन छ !
शनिबार, असोज २५, २०८२
मैतालुकी दुलहीको, सुन्दर मुहार जस्तो,
अनगिन्ती सपनाको, पूर्ण वहार जस्तो,
कविता : यो जिन्दगी, खै के जिन्दगी?
शनिबार, असोज ११, २०८२
उर्लदो खहरेको बेग थेग्न नसकेर
कुहिएको जरा लिई ठिङ्ग उभिएको,
अस्तित्व हराएर लडखडाएको,
अनि, पखेटा काटिएर,
स्वतन्त्र छाडिएको पन्क्षी जस्तो,
यो जीन्दगी; खै के जीन्दगी ?
कविता : मलाई मृत्यु देउ !
शनिबार, असोज ४, २०८२
निश्पट्ट अन्धकार
निसास्सिएका नयनहरु,
अन्तरङ्गमा मडारिएका खुलदुलीहरु,
अनि,
नेपथ्यमा चर्किएका गुञ्जनहरु,
क्षितिजमा ठोकिएका प्रतिध्वनिहरु,
कठै! नाबालिका बलात्कृत भईन् रे,
अभियुक्तकी आमाको अट्टहास,
हे दैव! मेरो कोख किन बाँझै रहेन ?
कविता : शुभकामना
शनिबार, भदौ २८, २०८२
कलिला केटाकेटीहरु
विद्यालय र कलेजकै पोशाकमा,
सडक भरि पोखिएका छन् ,
हातमा प्लेकार्ड छ,
भ्रष्टाचार हटाइ सुशासन अनि,
अधिकार र स्वतन्त्रताको लागि ।
कविता : दशैं
शनिबार, भदौ २१, २०८२
रमाउने र कमाउने,
समाउने र गुमाउने,
कराउने र भराउने बीचको
सन्निकटताको आभाष खोज्दा,
तल्लापट्टीको बिरौटो बन्धकी परेछ ।
कविता : म ईन्जिनियर !
शनिबार, भदौ १४, २०८२
पारी गाँउमा कुकुर भुक्दैछन्,
मानिसको कोकोहोलो पनि सुनिदैंछ,
काँल्लामा मानिसहरू उभिए झै देखिन्छ,
आकाश रोईरहेको छ,
गोधुलीमय क्षितिज निहालिदैंछ अझै,
खहरे सुसाउँदै उर्लिरहेको छ,
म वल्लो क्षितिजमा अडिएको छु ,
आँखाले तस्वीर लिईरहेछु,
तर, जान सकेको छुईन,
किन कि ! म ईन्जिनियर !!
साताको लोकप्रिय

