विदेशीहरूले नेपालको सम्पदा र अभिलेखको बारेमा चासो राख्ने गर्छन् : मन्त्री पाण्डे [भिडियो]
बुधबार, असार ३२, २०८२
उनले भने, ‘नेपाल अब नेपाल भित्र मात्रै छैन । नेपालको परिचय विश्वभरि फैलिँदै गएको छ । नेपालीहरू संसारभरी रहेका छन् । त्यस कारण पनि नेपाल विश्वभरि फैलिएको छ । नेपालप्रति मानिसहरुको चासो पनि बढेको छ, यसकारण पनि नेपाल फैलिएको छ ।’
साउन १ बाट धरहरा खुल्ने समयावधि थपिने, प्रत्येक बुधबार बन्द हुने
मंगलबार, असार ३१, २०८२
धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे
सोमबार, असार ३०, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायक कम्पनीहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी दिएका छन् ।
गुफाडाँडाको विकासमा संघ र प्रदेशले एक रुपैयाँपनि बजेट विनियोजन नगरेको मेयर तामाङको गुनासो [भिडियो]
आइतबार, असार २९, २०८२
तत्कालीन राष्ट्रपति भण्डारीको उपस्थितिमा जलवायु परिवर्तनबाट हुन सक्ने क्षति र त्यसको न्यूनीकरणका सम्बन्धमा १० बुँदे घोषणापत्र जारी गरिएको थियो । सम्मेलनपछि उक्त स्थानमा दर्जनौं नेता एवम मन्त्रीहरू भ्रमण गरेर सहयोगको प्रतिबद्धता गरेपनि त्यो पूरा नगरेको स्थानीयको गुनासो छ ।
‘दुवै इन्जन बन्द हुदाँ अहमदावाद प्लेन दुर्घटना’
शनिबार, असार २८, २०८२
उत्तरः रिपोर्टले बताउँछ कि दुबै इन्जिनहरू टेकअफको केही सेकेन्ड पछि मध्य हावामा नै बन्द भए, इन्धन कटअफ स्विचहरू केवल एक सेकेन्डमा एक पछि अर्को कटअफमा गए। इन्जिनहरूमा इन्धन आपूर्ति रोकिएको थियो।
चिरिच्याट्ट र आकर्षक बन्दै मदन भण्डारी पार्क
शुक्रबार, असार २७, २०८२
सुरुमा खाँडादेवी गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरी डिपिआर तयार पारेको सो पार्कको निर्माणमा वाग्मती प्रदेश सरकारबाट ५० लाख रुपैयाँको बजेट प्राप्त भएको थियो । उक्त बजेटबाट पार्कभित्र शौचालय, कम्पाउण्ड, मदन भण्डारीको सालिक लगायत संरचना निर्माण गरिएको छ ।
अध्यागमन विभागद्वारा आगमन र प्रवेश क्षेत्रमा कडाई
मंगलबार, असार २४, २०८२
अध्यागमन विभागले अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा रहेको आगमन र प्रवेश क्षेत्रमा कडाई गरेको छ ।
प्रकृति रिसोर्ट र अर्गानिक फार्मलाई ट्राभल लाइफ युकेको सम्मान (भिडियोसहित)
मंगलबार, असार २४, २०८२
प्रकृति रिसोर्ट र अर्गानिक फार्मलाई ट्राभल लाइफ युकेले आवास दिगोपनको लागि ट्राभल लाइफले सर्टिफिकेसनसहित सम्मान गरेको छ ।
पर्यटन विकासका लागि आत्मनिर्भरता र पूर्वाधार चाहिन्छ : प्रधानमन्त्री ओली
सोमबार, असार २३, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण र आत्मनिर्भरताको आवश्यकता औँल्याएका छन् ।
बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड
आइतबार, असार २२, २०८२
काठमाडौं, पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, जनकपुर, भद्रपुरलगायत देशका प्रमुख सहरहरूमा दैनिक उडान गर्दै आइरहेको बुद्ध एयरले हाल १६ वटा एटीआर–७२ र २ वटा एटीआर–४२ विमानमार्फत सेवा दिइरहेको छ । विसं २०५३ मा स्थापना भएको बुद्ध एयरले भारतका कोलकाता र वाराणसीसम्म सीमित अन्तर्राष्ट्रिय उडान सेवा पनि दिँदै आएको छ ।
‘हिमालयन क्लाइमेट चार्टर २०२५’ को घोषणा, मानवीय कर्मलाई पृथ्वीमैत्री बनाउन सुझाव
शनिबार, असार २१, २०८२
आर्कटिक र अन्टार्कटिक पछिको विशाल हिमनदी भण्डारणका कारण ‘विश्वको छाना’ र ‘तेस्रो ध्रुव’ भनेर चिनिने हिमालय क्षेत्र विश्वव्यापी तापक्रम वृद्धिको खतरामा भएकाले त्यसैको प्रभाव स्वरूप हिमालय क्षेत्रमा हिमपात घटेको र कृषि भूमिमा बाढी जोखिम बढ्दो मात्रामा छ ।
हुम्लादेखि बिरामी बोकेर उडेको प्रभुको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण
शनिबार, असार २१, २०८२
हुम्लाको हिल्साबाट बिरामी लिएर काठमाडौंका लागि उडेको हेलिकप्टर बाक्लो कुहिरोका कारण अगाडिको बाटो देख्न नसकेपछि आकस्मिक अवतरण गरिएको प्रभु हेलिकप्टरका प्रवक्ता नोवेलकुमार राजलवटले बताए ।
६ महिनामा साढे ५ लाखभन्दा बढी पर्यटक भित्रिए नेपाल , सबैभन्दा धेरै भारतीय पर्यटक
बुधबार, असार १८, २०८२
सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका हुन् । गत वर्षको सोही अवधिमा ५ लाख ८३ हजार ११ पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले जारी गरेको तथ्याङ्क अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटक मध्ये सबैभन्दा धेरै १ लाख ४७ हजार ८३९...
साताको लोकप्रिय

![विदेशीहरूले नेपालको सम्पदा र अभिलेखको बारेमा चासो राख्ने गर्छन् : मन्त्री पाण्डे [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/Badri-pande-1747747808.jpg)