सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द
आइतबार, फागुन ११, २०८१
रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो ।

क्यानभासमा स्वयम्भू !
शनिबार, फागुन १०, २०८१
यहाँ उपस्थित भएका कला पारखी तथा दर्शकहरूले क्यान्भास र आर्ट पेपर हेर्दै आहा ! कति राम्रो स्वयम्भू भन्दै प्रशंसा गरेका थिए । यो अवसर आजदेखि सुरु स्वयम्भू महोत्सवले जुराएको हो । महोत्सव व्यवस्थापन समितिका सदस्य तथा उक्त कला कार्यशाला संयोजन गरेका कलाकार दिवेश प्रधानले अग्रज र नवकलाकार गरेर २० जनाभन्दा...

तुम्लिङटारमा एक वर्षमा ८६ पटक उडान अवरुद्ध
शनिबार, फागुन १०, २०८१
भिजिविलिटी कमजोर हुँदा सन् २०२५ मा मात्र २३ पटक हवाई उडान अवरुद्ध भएका प्रमुख दाहालले जानकारी दिए। ‘माघ र फागुनमा मात्र लगातार तीन साता उडान ठप्प भएको थियो। उडान अवरुद्ध हुदाँ वृद्धवृद्धा र बिरामी प्रभावित हुने गरेका छन्,’ उनले भने।

आठ महिनामा ७५ हजारले गरे गोरखा दरबार सङ्ग्रहालयको भ्रमण
बिहीबार, फागुन ८, २०८१
यस्तै, सार्क राष्ट्र र अन्य देशका पर्यटकसमेत गोरखा दरबार सङ्ग्रहालय घुम्न आउने गरेको उनको भनाइ छ । प्रमुख कार्कीकाअनुसार साउनयता सङ्ग्रहालयको भ्रमण गर्नेहरूमा ४३ हजार ८४८ जना विद्यार्थी छन् । यस्तै, ३० हजार ७०४ जना आन्तरिक, एक हजार १६६ जना तेस्रो मुलुक र ७३ जना सार्क राष्ट्रभित्रका पर्यटकले सङ्ग्रहालयको भ्रमण...

तुम्लिङटारमा तीन सातापछि पुग्यो बुद्ध
बुधबार, फागुन ७, २०८१
तुम्लिङटारमा पछिल्लो समय बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भर्दै आएको छ । बाक्लो तुवाँलो हट्दै गएपछि उडान सञ्चालन गरिएको नागरिक उड्डयन कार्यालय तुम्लिङटारका प्रमुख नवराज दाहालले बताए ।

घरबासले जोगाउँदै मगर संस्कृति
मंगलबार, फागुन ६, २०८१
हरियो सालको पातको टपरी। त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी। अचार, आलु अनि गेडागुडी । हेर्दै खाउँखाउँ लाग्ने। मुखले चाख्नुअघि आँखैले लोभ्याउने (होमस्टे) घरबासको परिकार। लमजुङको बेँसीसहर नगरपालिका–२ नरुवाल मगर घरबासकी सावित्री आलेमगरका आँगनमा आउने जो कोही पाहुनाले यसरी नै मौलिक स्वाद चाख्न पाउँछन्।

मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
मंगलबार, फागुन ६, २०८१
गुफाभित्र तीन वटा कोठा छन् । परापूर्वकालमा लामाहरूले खाना पकाउन र ध्यान बस्नका लागि प्रयोग गरेका सामग्रीहरू गुफामा अवलोकन गर्न पाइन्छ । स्याङखोलाको किनारमा रहेको पहाडको भित्तामा गुफा रहेको छ । स्याङखोलाको मोटरेबल पुलदेखि १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ ।

रम्भाका चौध घरमा सामुदायिक घरवास सञ्चालन
आइतबार, फागुन ४, २०८१
पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक घरवास कार्यक्रम सुरु भएको हो ।

बन्दीपुरमा ३ महिनामा भित्रिए १० हजारभन्दा बढी विदेशी पर्यटक
शुक्रबार, फागुन २, २०८१
प्रमुख पर्यटकीय गन्तव्यहरू काठमाडौं र पोखरा तथा चितवन र पोखराको बीचमा पर्ने बन्दीपुरमा विदेशी पर्यटकहरू प्राकृतिक सौन्दर्य र यहाँको प्राचीन कलासंस्कृति हेर्न आउने गरेका छन् ।

मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति
शुक्रबार, फागुन २, २०८१
गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृह मन्त्रालयमा भएको सम्बद्ध निकायका मन्त्री, सचिव र प्रधान सेनापति सहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको विषय सुल्झिएको हो ।

पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’
शुक्रबार, फागुन २, २०८१
दशदिनसम्म जारी रहने महोत्सवको बिहीबार आयोजित विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गरे । त्यस अवसरमा उहाँले स्थानीय पर्यटकीय क्षेत्रहरुको संरक्षण र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर
बुधबार, माघ ३०, २०८१
म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ । म्याग्दी, बागलुङ र पुर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से व्लकमा पर्ने रुघाचौर पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको हो ।

पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘संघर्ष’
बुधबार, माघ ३०, २०८१
संघर्ष विष्ट तीस वर्ष अघि पाइलट बन्नका लागि पढाइ गर्न अमेरिका पुगे। पाइलट बनेर देशको सेवा गर्ने उनको सपना थियो । तर, परिस्थितिले उनलाई पाइलट बन्ने भन्दा पनि अन्य क्षेत्रमा लागेर देशको सेवागर्ने अवस्थामा ल्यायो।
साताको लोकप्रिय