Harsamaya
लिसङ्खुपाखरमा दुई वडा सभापति सर्वसम्मत
वडा नम्बर ७ मा सर्वसम्मत निर्वाचित इकाइ सभापति पेमा दोर्जे लामालगायत ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोकमा शेरबहादुर देउवा पक्षको वडा अधिवेशन प्रक्रिया सुरु भएको छ।

अधिवेशनअन्तर्गत लिसङ्खुपाखर गाउँपालिकाका दुई वडामा इकाइ सभापति सर्वसम्मत चयन भएका छन्। गाउँपालिकाको वडा नम्बर २ लिसङ्खुमा सुनिता सुन्दास इकाइ सभापतिमा सर्वसम्मत चयन भएकी छन्।

यस्तै वडा नम्बर ७ मा पेमा दोर्जे लामा इकाइ सभापतिमा सर्वसम्मत चयन भएका छन्।

१५औँ महाधिवेशनअन्तर्गत देशभर बिहीबारदेखि वडा अधिवेशन सुरु भएको हो। सिन्धुपाल्चोकमा पनि विभिन्न वडामा अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। वडा अधिवेशनबाट नयाँ नेतृत्वसँगै क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update