बाह्रबिसे–८ मा जीवन अधिकारीको नेतृत्वमा कांग्रेस वडा समिति सर्वसम्मत
सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मा वडा अधिवेशन सम्पन्न भएको छ।
माधवप्रसाद पौडेलको संयोजकत्वमा भएको अधिवेशनबाट जीवन अधिकारी वडा सभापतिमा सर्वसम्मत चयन भएका छन्।
अधिवेशनले वडा कार्यसमितिसँगै क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत चयन गरेको छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर बिहीबारदेखि वडा अधिवेशन सुरु भएको हो। सिन्धुपाल्चोकमा पनि विभिन्न स्थानीय तहका वडामा अधिवेशन प्रक्रिया अघि बढिरहेको छ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३ १२:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

