Harsamaya
प्रतिकूल मौसमले  उडान प्रभावित
प्रतिकूल मौसमले उडान प्रभावित प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको जानकारी दिए। 
मुना मालिकाको पर्यटन प्रवर्द्धनमा नयाँ पहल
मुना मालिकाको पर्यटन प्रवर्द्धनमा नयाँ पहल यहाँको धवलागिरि गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका क्षेत्र भौतिक पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ओझेलमा छ ।
चिसो मौसममा पनि सगरमाथाको मोह: एक सातामा २ सय २८ विदेशी पर्यटक सोलुखुम्बुमा
चिसो मौसममा पनि सगरमाथाको मोह: एक सातामा २ सय २८ विदेशी पर्यटक सोलुखुम्बुमा पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । 
पिलीमा ‘युद्ध सङ्ग्रहालय’ निर्माण गरिँदै
पिलीमा ‘युद्ध सङ्ग्रहालय’ निर्माण गरिँदै जिल्लाको खाँडाचक्र नगरपालिका–७ को पिलीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘युद्ध सङ्ग्रहालय’ निर्माण गर्न थालिएको छ । भौगोलिक रूपमा विकट मानिने कालीकोटको पर्यटन प्रवर्द्धनका लागि युद्ध सङ्ग्रहालय निर्माणदेखि द्वन्द्वका बेलाको स्मरण गर्न स्मारक निर्माण थालिएको हो ।
अन्नपूर्ण क्षेत्रको पर्यटनमा नयाँ कीर्तिमान: २०२४ मा सबैभन्दा बढी पर्यटक आगमन
अन्नपूर्ण क्षेत्रको पर्यटनमा नयाँ कीर्तिमान: २०२४ मा सबैभन्दा बढी पर्यटक आगमन पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार उक्त...
पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक
पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक नेपालका मौलिक कला र संस्कृति झल्कने विविध प्रकारका झाँकीसहितको प्रस्तुतिले पर्यटकीय राजधानी पोखराको लेकसाइडको तीन किलोमिटर क्षेत्रमा बेग्लै रौनकता छाएको छ।
आठौँ म्याग्दी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता, २३ स्टल निःशुल्क उपलब्ध
आठौँ म्याग्दी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता, २३ स्टल निःशुल्क उपलब्ध म्याग्दी सरदमुकाम बेनीमा आयोजना हुन लागेको आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलामा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री वितरणलाई प्राथमिकता दिइने भएको छ । महोत्सव मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घले जिल्लामा उत्पादन भएका बस्तु तथा सामग्रीलाई बिक्री वितरण तथा प्रचारप्रसारका लागि प्रदर्शनीमा राख्न निःशुल्क स्टलको व्यवस्था गरेको हो ।
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका-३ स्थित देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने गरी जिपलाइन निर्माण गरिएको हो ।
Weather Update