सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति
काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति दिएको छ।
कम्पनीले प्राधिकरण र हवाई दुर्घटना अनुसन्धान आयोगका २३ बुँदे सुरक्षा सुझावहरू पूरा गरी सेफ्टी अडिटमा ६५ प्रतिशतभन्दा माथि अंक प्राप्त गरेको थियो।
सौर्य एयरलाइन्सले विराटनगर र भद्रपुरमा नियमित उडान सुरु गर्ने योजना बनाएको छ। हाल कम्पनीसँग दुई विमान छन्, जसमा ९ एन–एएनएम कलसाइनको विमानबाट उडान सेवा दिइनेछ। निकट भविष्यमा एटीआर ७२–६०० जहाज थप गर्ने योजना पनि रहेको छ।
कम्पनी वैदेशिक लगानी भएको संस्था हो र विगत १८ महिनादेखि उडान अवरुद्ध हुँदा कर्मचारीहरूको तलब, भत्ता र प्रशिक्षण व्यवस्थित गरेको जनाएको छ।
प्रकाशित मिति: सोमबार, माघ २६, २०८२ २०:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

