Harsamaya
सुर्खेतमा अवतरण गर्दा श्री एयरलाइन्स जहाजको टायर पड्कियो

काठमाडौं - सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको जानकारी दीए । 

५० यात्रु सवार जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले जानकारी दिए । अहिले जहाज ग्राउन्डेड गरिएको छ भने सुर्खेत–काठमाडौं उडान रद्द भएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update